
१७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डको बेवास्ताका कारण आन्तरिक पर्यटन सर्वेक्षण योजना अन्योलमा परेको छ ।
नेपालको पर्यटन प्रवर्द्धन र नीति निर्माणमा सरकारको सल्लाहकार मानिने बोर्ड पछिल्लो समय असफल नेतृत्वले धरासायी बन्दै गएको छ ।
सोही संस्थाको अक्षमताले आन्तरिक पर्यटन सम्बन्धित सर्वेक्षणको योजना समेत अन्योलमा परेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस सर्वेक्षणका लागि नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग उपलब्ध गराउने भनेको थियो ।
तर, अहिलेसम्म बोर्डले बजेट उपलब्ध नगराउँदा गणक नियुक्त गर्न नसकिएको कार्यालयले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
यस सर्वेक्षणका लागि बजेट सुनिश्चित नहुँदा काम अगाडि बढ्न नसकेको कार्यालयको भनाइ छ । यसबाहेक प्रश्नावली र निर्देशिका समेत स्रोतको अभावले नबनेको बताइएको छ ।
सरकार र नेपाल पर्यटन बोर्डले पटक-पटक आन्तरिक पर्यटन सर्वेक्षण गर्ने बताउँदै आएका छन् । तर, व्यवहारमा भने अनुत्पादक क्षेत्रमा बजेट खर्च गरी सक्ने प्रवृत्ति छ ।
प्रतिक्रिया 4