+

यी खानेकुरा जसले पायल्स हुनसक्छ

२०८१ साउन  २२ गते १३:५० २०८१ साउन २२ गते १३:५०
Shares
यी खानेकुरा जसले पायल्स हुनसक्छ

पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ ।

स्वभाविक हो, मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले पायल्स जस्ता मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ ।

चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । साथै अनिद्रा, मानसिक तनाव, गर्भवती महिला र कुनै-कुनै औषधि सेवनको साइड-इफेक्टको रुपमा पनि पायल्सको समस्या निम्तिन्छ ।

पायल्सको प्रमुख कारणको रुपमा कब्जियतलाई नै राखिन्छ । कब्जियत हुँदा दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वारभित्रका रक्तशिरा तन्किने क्रम फैलिन थाल्छ । विस्तारै गिर्खा बन्न थाल्छ ।

पायल्स एउटा यस्तो रोग हो, जसमा खानपानसँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पायल्सबाट बच्न यी खानेकुराबाट बच्नुपर्छ ।

धेरै मसलेदार खाना

धेरै मसालेदार खाना खाँदा पायल्सको समस्या निम्तन सक्छ । तारेको-भुटेको मासु, समोसा, पकौडा जस्ता खानामा तेल, मसला र खुर्सानी धेरै मात्रामा हुन्छ । यस्ता खानाले आन्द्रा चलाउन गाह्रो बनाउन सक्छ, जसले कब्जियत निम्त्याउँछ । कब्जियतसँगै पायल्सको समस्या पनि निम्त्याउँछ । साथै, यस्ता खानेकुरामा फाइबर निकै कम हुने भएकाले दिसालाई कडा बनाउँछ र पायल्सको दुखाइ बढाउँछ । यस बाहेक खुर्सानी जस्ता मसलाले मलद्वार पोल्ने तथा रगत बग्ने पनि हुनसक्छ ।

कफी

कफीको मुख्य तत्त्व क्याफिन पाचनका लागि राम्रो मानिंदैन । क्याफिनको सेवनले कब्जियत हुन्छ र शरीरमा डिहाइड्रेसन पनि हुन्छ । यो समस्या बढ्दै गएपछि पायल्सको समस्या निम्तिन सक्छ ।

पहिले नै पायल्सको समस्या भएका व्यक्तिले धेरै मात्रामा कफीको सेवन गर्दा दिसा पास हुन गाह्रो भएर शौचमा थप मिहिनेत गर्नुपर्ने हुनाले मलद्वारको मांसपेशी बाहिर निस्कन थाल्छ र सुन्निने गर्छ ।

चुरोट, रक्सी

चुरोट खाने व्यक्तिको पाचनशक्ति कमजोर हुन्छ । आन्द्राको चाल पनि राम्ररी हुँदैन । चुरोटले मलद्वारमा रगतको प्रवाह बढाउँछ, जसले संक्रमणको जोखिम पनि बढाउँछ । रक्सीको सेवनले शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानी कम हुँदा दिसा कडा हुन्छ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।

दुग्धजन्य

केही व्यक्तिमा दूध तथा दूधबाट बनेका अन्य परिकार सेवन गर्दा कब्जियतको समस्या हुनसक्छ । दूधमा हुने प्रोटिन कब्जियतको कारण बन्ने र कब्जियतले पायल्सको समस्या निम्तिन सक्छ ।

 

रातो मासु

रातो मासु पचाउन धेरै समय लाग्छ, जसकारण कब्जियत जस्ता समस्या हुनसक्छ । कब्जियतले पायल्सको समस्या निम्त्याउँछ ।

प्रोसेस्ड फुड

फ्राइड फुड, फास्ट फुड, फ्रोजन मिट जस्ता प्रशोधित खानेकुराले पनि पायल्सको जोखिम बढाउँछ । यी सबै खानेकुरामा पोषक तत्त्वको कमी हुन्छ । साथै यसमा धेरै मात्रामा नुन र अस्वस्थ बोसो पाइन्छ, जसकारण पचाउन गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियतले पायल्स निम्त्याउन सक्छ ।

पायल्सबाट बच्न यस्तो खानपान

हरियो सागपात

हरियो पत्तेदार सागपातमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले मांसपेशीका लागि राम्रो काम गर्छ । हरियो सागसब्जीले पाचन क्रियालाई सुधार गर्छ र आन्द्रा सफा गर्छ । त्यसैले पालुङ्गो, गाजर, बन्दा, काँक्रो, ब्रोकाउली आदि प्रशस्त मात्रामा सेवन गरेर कब्जियत र पायल्सको समस्याबाट बच्न सकिन्छ ।

प्रशस्त मात्रामा पानी

प्रशस्त मात्रामा पानी पिउनाले आन्द्राले शरीरमा रहेको विषाक्त पदार्थलाई सजिलै बाहिर निष्कासन गर्छ । यसले कब्जियत हटाउँछ, जसले दिसालाई सजिलो बनाउँछ र पायल्सको जोखिम कम गर्छ ।

सम्पूर्ण अन्न

चोकर भएको अन्नको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । किनकि यस्ता अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ओट्स, ब्राउन राइस जस्ता अन्नको सेवनले दिसा सजिलै निस्कन्छ र कब्जियत तथा पायल्सको जोखिम कम गर्छ ।

फलफूल

ताजा र मौसमी फलफूलको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फलफूलको बोक्रामा धेरै मात्रामा फाइबर पाइन्छ । साथै धेरै प्रकारका भिटामिन र मिनरल्स पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ ।

ड्राइफ्रुट

बदाम, ओखर, चिया सिड जस्ता ड्राइफ्रुटमा फाइबर, प्रोटिन राम्रो फ्याट हुन्छ, जसले आन्द्राको चाललाई नियमित गर्छ । पाचन प्रणालीलाई राम्रो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

दही

दहीमा प्रोबायोटिक्स हुन्छ, जुन शरीरका लागि फाइदाजनक ब्याक्टेरिया हो, जसले पाचन सुधार गर्न र कब्जियत रोक्न मद्दत गर्छ ।

खानेकुरा डा. सुवर्ण पौडेल पायल्स
डा. सुवर्ण पौडेल
लेखक
डा. सुवर्ण पौडेल
क्षारसूत्र विज्ञ

नेपाल आयुर्वेद चिकित्सा परिषद् दर्ता नम्बर : ५२७ आयुर्वेदिक चिकित्सा र शल्य चिकित्सामा स्नातक (त्रिभुवन विश्वविद्यालय), क्षारसूत्र प्रमाणपत्र पाठ्यक्रम (आईक्योर मुम्बई, भारत) हाल मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली