+
+
Shares

माथिल्लो कमिटीबाट अनुमोदन गरेपछि मात्र निर्णय कार्यान्वयन गर्न एमालेको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:५८
नेकपा एमालेको सचिवालय बैठकको फाइल तस्वीर ।

२२ साउन, काठमाडौं । नेकपा एमालेले माथिल्लो कमिटीले अनुमोदन नगरेको निर्णय कार्यान्वयनमा नलैजान मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

सोमबार अन्तरपार्टी निर्देशिका–१० जारी गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्ने निर्णय अनुमोदन नगरी कार्यान्वयनमा लैजाने गरिएकोप्रति सचेतत गराइएको छ ।

‘तल्ला कमिटीहरुले माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्ने निर्णयहरु समेत अनुमोदन नगराई कार्यान्वयनमा लैजाने गरेको देखिन्छ’ अपानिमा लेखिएको छ, ‘अबदेखि विधानतः अनुमोदन गराउनुपर्ने भनी उल्लेख भएका विषयहरु अनुमोदन भएपछि मात्र कार्यान्वयनमा लैजानुपर्दछ ।’

अध्यक्ष केपी शर्मा ओलीले जारी अपानिमा यसपटक प्रदेश कमिटीले गरेको निर्णयहरु मागेर समावेश गरिएको उल्लेख छ । तर अबदेखि प्रदेश कमिटीले अनिवार्य रुपले अनुमोदनका लागि केन्द्रमा पठाउने र केन्द्रले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा लैजान निर्देशन दिइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?