२४ साउन, काठमाडौं । रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्थि नेपाल आइपुगेको छ ।
रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको हो ।
रुसी सेनामा मारिएका नेपालीहरुको अस्थि पहिलो पटक नेपाल आइपुगेको हो । बुधबार रुसबाट आएको मृतकको अस्थि बुझेको मृतकका परिवारले जनाएका छन् ।
उनीहरुले बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए ।
नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन् ।
प्रतिक्रिया 4