काठमाडौं । दीपकराज गिरी र केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’को अभिनय रहेको फिल्म ‘छक्कापञ्जा ५’ र जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ एकै मितिमा आउने पक्का भएको छ ।
वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ले दसैं फूलपातीलाई रिलिज डेटको रुपमा घोषणा गरेको छ । कुनैबेला ‘छक्कापञ्जा’ श्रृंखलामा सहकार्य गरेका दीपक-माग्ने बूढा र जितु नेपालको फिल्म एउटै मितिमा जुध्ने भएपछि यसले फिल्म वृत्तमा तरंग पैदा गरेको छ ।
यो विकासक्रमलाई लिएर अभिनेता घिमिरेले फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । उनले हास्य कलाकारबीच यस्तो खाले द्वन्द्व अहिलेसम्म नभएको र यो पनि वार्ताको माध्यमबाट हल हुने प्रतिक्रिया दिएका छन् ।
घिमिरे लेख्छन्, ‘हास्य कलाकारहरुको बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ । केदारप्रसाद घिमिरेले बताए । समाचार सकियो ।’
उनले उक्त मितिमा फिल्म नजुधाउनेबारे पहल भइरहेकोतर्फ संकेत गरेका छन् ।
प्रतिक्रिया 4