 
																			काठमाडौं । एनसेल सिम प्रयोगकर्ताले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने सूचनाहरू मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् ।
यसरी प्राप्त गरिने वा पठाइने सूचनाले विशेष गरी केवाईसीमा मोबाइल नम्बर चाहिने र नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधा बारेमा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायलाई ठूलो महत्त्व पुग्ने कम्पनीले जनाएको छ ।
विविध डिजिटल सेवाको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै : ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यस्ता ओटीपी, एसएमएस र नोटिफिकेसनहरू सरकारी, अर्ध–सरकारी, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था, गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।
“हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,”
एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले कम्पनीका कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या नरहेको बताए । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक भएको भन्दै उनले यसबाट ग्राहकहरू सधैं अन रहेको देखाउने बताए ।
‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्या देखिएका थिए । ती समस्याहरू द्रुत गतीमा समाधान भइसकेका छन्,’ उनले भने ।
एनसेल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता सूचना प्राप्त गर्न योग्य रहेको उनले बताए ।
एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।
एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4