+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
५८ बलमा १६ रन आवश्यक
विराटनगर किंग्स 2025
132/3 (10.2)
Shares

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १५:३०

६ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?