+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै थारू समुदाय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १४:२०

१० भदौ, काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै छन्।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व आयोजना गरिएको अष्टिम्की मूल आयोजक समितिका सल्लाहकार शिवशक्ति थारूले जानकारी दिए । उनका अनुसार कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण चौधरीले  गर्नेछन् ।

दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा गर्छन् ।

अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको उनको भनाइ छ ।

अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।

उनले भने, ‘ अष्टिम्की मूलतः थारू समुदायमा महिलाहरूको पर्व हो । तर स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन् । यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ । भित्तामा विभिन्न पौराणिक चित्रहरु बनाउँछन् र पूजा गर्छन्। विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को र अविवाहित युवतीहरूले उत्तम वर पाउनको लागि व्रत बस्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?