२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ३३ रोपनीभन्दा धेरै जग्गा अतिक्रमणबाट मुक्त गरेको छ ।
महानगरको वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार व्यक्तिले कब्जा गरेका ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर महानगर मातहत ल्याइएको दाबी गरेको हो ।
यस्तै काठमाडौं महानगरपालिकाले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरूलाई सुधारको मौका दिएर कारबाहीको दायरामा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4