+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रवि भन्छन्– पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै भयो

सभापति लामिछानेले रास्वपा नसकिने बरु अरुलाई रास्वपाले सकाउने जिकीर समेत गरे । 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १०:०३

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा छोटो समयमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताएका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी जन्मेदेखि आजसम्म समस्याले नछोडेको बताए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संसदीय समितिले रविलाई समेत कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि उभिएर बसेका छौं । मलाई थाहा छ यो यात्रामा हामीले अनेकौं भोग्नुपर्यो । जन्मदेखि आजसम्म हामीलाई कुनै न कुनै अप्ठ्याराहरुले कुनै न कुनै समस्याहरुले छोडेको छैन ।’

तर ती समस्याहरुमा आफूहरुको कुनै भूमिका नभएको उनले बताए । रास्वपाको आगमन नै अरुका लागि समस्या भएको बताउँदै उनले रास्वपाले दुई तिहाइ बहुमत नल्याएसम्म यस्ता समस्या आइरहने बताए । उनले भने, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु, यो समस्या त हुन्छ नै हुन्छ । जबसम्म हुन्छ, तबसम्म रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाउँदैन । जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन तबसम्म यी समस्या त आई नै रहन्छन् ।’

नागरिकका अपेक्षाहरु धेरै भएका र रास्वपाको सपना पनि ठूलो भएको भन्दै उनले आफूहरुमाथिको प्रहार पनि त्यही अनुसार ठूलो हुने बताए ।

‘हामी सानो लडाइँका लागि यहाँ जम्मा भएका होइनौं । हाम्रा अपेक्षाहरु धेरै छन्, नागरिकका अपेक्षाहरु पनि धेरै छन्, त्यसकारण हाम्रो अपेक्षा पनि ठूलो छ,’ लामिछानेले भने, ‘हाम्रा सपना पनि ठूला छन्, हामीले चाल्ने कदम पनि ठूलै हुन्छ । हामी माथिको प्रहार र आक्रमण पनि त्यहीअनुसार ठूलै हुन्छ साथी हो । आज यो हलमा तपाईंहरु सबैलाई तयार रहनका लागि अनुरोध गर्न चाहान्छु ।’

सभापति लामिछानेले रास्वपा नसकिने बरु अरुलाई रास्वपाले सकाउने जिकीर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?