काठमाडौं । टाटा मोटर्सले बाढी-पहिरो तथा डुबानबाट टाटा प्यारेन्जर गाडीमा पुगेको क्षति रोक्नका लागि आपतकालीन सर्भिस दिने भएको छ ।
यस सुविधा अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै सुविधा लिन व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने छ ।
गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4