१८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
शुक्रबार राष्ट्रिय सभा अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहाल अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन यही असोज २५ गते स्वीटजरल्याण्ड जाँदैछन् ।
स्वीटजरल्याण्डको जेनेभामा अन्तरव्यवस्थापिका संघको सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै दाहाल त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
यही भ्रमणबारे जानकारी गराउन दाहाल राष्ट्रपति कार्यालय पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4