
काठमाडौं । कुमारी बैंकले गैंडाकोटमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
यूएसएआईडीसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवम् प्रवर्द्धन गर्न उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा वयवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास कुमारी बैंकले लिएको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4