२१ असोज, काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा पुरुष यू२० भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको छ ।
कोलोम्बोमा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भयो । पहिलो सेट २५ १९ , दोस्रो सेट २५ १४ ले सहजै आफ्नो पक्षमा पारेर २-० को अग्रता लिएको थियो।
तेस्रो सेटमा नेपालले पुनरागमन गर्यो र टाईब्रेकरमा सेट २९-२७ ले आफ्नो पक्षमा पार्दै खेल २-१ को स्थितीमा पुर्यायो थियो । तर त्यो लय नेपालले कायम राख्न सकेन । चौथो सेट उज्वेकिस्तानले २५-१५ ले जित्दै खेल जित्यो।
लगातार दोस्रो जितबाट उज्वेकिस्तानले ६ अंक जोडेको छ। उज्वेकिस्तानले पहिलो खेलमा कीर्गिस्तानलाई हराएको थियो । नेपालको भने दुई खेलबाट ३ अंक छ । पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराएको थियो।
अब नेपालले तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ । तुर्किमिनेस्तानले पनि सोमबार कीर्गिस्तानलाई हराउदै लगातार दोस्रो जितबाट ६ अंक जोडेको छ । दुई हारबाट कीर्गिस्तान अंकविहीन छ ।
६ टोली सहभागि च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । लिग खेलपछि शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4