+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
भारतको राष्ट्रिय फिल्म अवार्ड :

‘कान्तारा’बाट ऋषभ शेट्टी सर्वोत्कृष्ट अभिनेता, मनोज बाजपेयीलाई स्पेसल मेन्सन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १७:३९
भारतीय राष्ट्रपति मंगलबार अभिनेता मनोज बाजपेयीलाई अभिनेतातर्फ स्पेसल मेन्सन अवार्ड प्रदान गर्दै

काठमाडौं । भारतको ७० औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ । दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले विजेतालाई पुरस्कार प्रदान गरिन् ।

यस वर्षको भारतीय फिल्मको प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिएको छ । उनी प्लास्टर बाँधिएको हातसँगै समारोहमा पुगेका थिए ।

अगस्टमा राष्ट्रिय फिल्म अवार्डको घोषणा गरिएको थियो । जसमा प्रशान्त नीलको फिल्म ‘केजीएफ २’ ले दुई विधामा अवार्ड जितेको थियो । मनोज बाजपेयीलाई ‘गुलमोहर’ सिरिजका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । प्रीतमले रणवीर कपुर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का लागि उत्कृष्ट संगीत निर्देशकको राष्ट्रिय अवार्ड पाएका छन् ।

कोरियोग्राफर जानी मास्टरबाट राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा पहिलो पटक विजेताबाट अवार्ड खोसिएको छ । नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेका उनीबाट अवार्ड खोसिएको हो ।

अवार्डमा मलायलम फिल्म ‘अट्टम’ उत्कृष्ट फिल्म ठहरिएको छ । ‘गुलमोहर’ उत्कृष्ट हिन्दी फिल्म, नेपालमा समेत छायांकन गरिएको फिल्म ‘उचाई’बाट सुरज बाडजात्या उत्कृष्ट निर्देशक घोषित भएका छन् ।

‘पोन्नियन सेल्वन १’ बाट एआर रहमान उत्कृष्ट संगीत निर्देशक, ‘कान्तारा’बाट अभिनेता ऋषभ शेट्टीले उत्कृष्ट अभिनेता, उत्कृष्ट कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’, ‘पोन्नियन सेल्वन १’ उत्कृष्ट तमिल फिल्म, ‘कार्तिकेय २’ उत्कृष्ट तेलुगु फिल्म र ‘वाल्वी’ उत्कृष्ट मराठी फिल्म घोषित भएका छन् ।

उत्कृष्ट अभिनेत्रीतर्फ नित्या मेनन (थिरुचित्रम्बलम), मानसी पारेख (कच्छ एक्सप्रेस) घोषित भए । अभिनेता मनोज बाजपेयीले हिन्दी फिल्म ‘गुलमोहर’बाट उत्कृष्ट अभिनेतातर्फ मेन्सन अवार्ड जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?