+
+

गुल्मीका शक्तिपीठमा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २५ गते १०:१२

२५ असोज, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा पूजाआराधना गर्नेहरुको घुइँचो लागेको छ ।

मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर, अर्जुन भगवती, तम्घास लगायतका स्थानका मन्दिरहरुमा पूजा गर्नेहरुको बिहानैदेखि भिडभाड छ । ती मन्दिरहरुमा पञ्चबलीसहित पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ ।

दर्शनार्थीहरु र देशविदेशबाट घर फर्किनेहरुको चहल-पहलले गुल्मीका अधिकांश बस्तीहरुमा दशैंको रौनक बढेको छ । यद्यपि विगतका वर्षहरुको तुलनामा गाउँमा उल्लास भने छैन । बढ्दो बसाइँसराइका कारणले गाउँमा जनघनत्व घट्दै गएकाले पनि दशैंको उल्लास कम हुँदै गएको छत्रकोट ३ निवासी जनक पन्थ बताउँछन् ।

इस्मा २ निवासी चुराबहादुर थापा युवा जति विदेश र गाउँमा वृद्ध–वृद्ध र बालबालिकाहरु मात्रै भएकाले अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा मानिसहरुको उपस्थिति कम हुने गरेको बताउँछन् ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म गुल्मीका गाउँहरुमा सरायँ नाच देखाउने गरिन्छ । खुँडा, खुकुरी र तरवार फन्नाउँदै पञ्चेबाजाको तालामा सामूहिक रुपमा सराय नाच नाचिन्छ ।

गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा सराय नाच नाचिन्छ । तर केही वर्षयता सराय नाच पनि संकटमा पर्दै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?