+
+

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २५ गते ११:११

२५ असोज, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ ।

बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए ।

जिप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?