२ कात्तिक, काठमाडौं। नेपाली खेलाडी हिरा कुमारी भुजेल र दीपा शाहीले साफ वुमन्स च्याम्पियनसिप २०२४ को बाँकी खेल गुमाउने सम्भावना बढेको छ ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिँदा हिरा र दीपा घाईते भएका थिए । उनीहरु दुवैलाई स्ट्रेचरमा राखेरमा राखेर मैदान बाहिर।ल्याईएको थियो।
पहिलो रोजाईमा खेलेकी डिफेण्डर हिरा पहिलो हाफको मैदानमा घाईतृ हुँदै मैदान छाड्न बाध्य भएकी थिइन् ।उनलाई एम्बुलेन्समा राखेर हस्पिटल नै लगिएको थियो।
र दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेकी दीपा दोस्रो हाफमा घाईते भइन् ।खेलपछि पोष्ट म्या कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेनणद्र तामाङले दुवै खेलाडीले अब आराम गर्ने र बाँकी खेल गुमाउने सम्भावना रहेको बताए ।
‘घाईते दुवै खेलाडी रेस्टमा हुन्छन् अब। घुँडामा एसिएलमा समस्या देखिएको छ ।दुवले बाँकी गेम गुमाउन सक्छन् ।’
घाइते भएकी हिराको स्थानमा विमला विक मैदान प्रवेश गरेकी थिएन् ।यस्तै सरु लिम्बुको स्थानमा मैदान प्रवेश गरेकी दीपाको स्थानमा अनिता केसी मैदान प्रवेश गरेकी थिईन् ।
मुख्य प्रशिक्षक तामाङले नेपाली खेलाडी गोल गर्नै हतार गर्दा भुटान विरुद्ध गोल नभएको बताए ।’आज गोल भएन ।ठूलो कुरा त्यही हो । गोल हुनुपर्ने भएन ।
मिडफिल्डमा पोजिसनमा ध्यान दिनुपर्ने भएन । सुरुमा गोल गर्न हतार भयो । हाम्रो गुड लिडर भएन । चान्स पाएपनि हतार गरे ।’ प्रशिक्षक तामाङले भने ।
तामाङले गोलमेसिन साम्बा नहुँदा अन्य खेलाडीले चान्स पाएपनि सदुपयोग गर्न नसकेको बताए । ‘ मुख्य कुरा हाम्रो गोल मेसिन सावित्रा भण्डारी सनम्बा हो । उ हामीसँग छैन । भएको खेलाडीले चान्स पनि पायो तर टार्गेटमा भएन ।’ तामाङले भने।
‘आज दुर्भाग्य थियो गोल भएन तर फुटबल हो । भुटानले राम्रो तयारी गरेर आछ भनेर मैले पहिले भनेको थिएँ । १ अंक पायौं ।ठिकै छ।’
प्रतिक्रिया 4