काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ युट्युवमा सार्वजनिक भएको छ । ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनका फाइनलिस्ट प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको गीतमा अनु चौधरीको स्वर छ ।
छठ पर्वको सन्दर्भमा कार्तिक २२ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको यो गीतमा अलिशा शर्माले नृत्य गरेकी छन् । नवीन भट्टको डेब्यु निर्देशन रहेको फिल्मको शीर्ष गीत सार्वजनिक भैसकेको छ ।
विन्ध्यवासिनी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई मनोज अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सहनिर्माता हुन् । पछिल्लो समय हरर कमेडीलाई दर्शकले रुचाएकाले आफूले सोही जनराको फिल्म बनाएको अधिकारीले बताए ।
फिल्मको पटकथा र संवाद सन्दिप श्रेष्ठ र नवीन भट्टको छ । सन्दीप र भावना उप्रेतीले यो फिल्मबाट अभिनय करिअर थाल्दैछन् । फिल्ममा मनोज अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतको अभिनय छ ।
प्रतिक्रिया 4