+

भलिबल कप्तान मानबहादुरले लिए सन्न्यास

२०८१ कात्तिक  ४ गते १८:३२ २०८१ कात्तिक ४ गते १८:३२
भलिबल कप्तान मानबहादुरले लिए सन्न्यास

४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् ।

श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।

सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मानबहादुर टिमका सदस्य थिए ।

उनले गत वर्ष चीनमा भएको १९ औं एसियाडबाट नेपालको कप्तानी गरेका थिए । मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडीमध्ये एक हुन् ।

‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ’, मानबहादुरले भिडियोमा भनेका छन् ।

२७ वर्षीय मानबहादुरले नेपालका लागि अन्तर्राष्ट्रिय बिच भलिबलसमेत खेलेका छन् । उनले दुई पटक नेपाललाई बीच भलिबलमा रजत पदक दिलाएका छन् ।

नेपाली भलिबल मानबहादुर श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय