५ कात्तिक, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २-१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे ।
एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे ।
तर ५१औं मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसपछि भने खेलमा थप गोल नहा लिभरपुलले विजयी भयो ।
जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट २० अंकसहित सिटी दोस्रोमा छ । ८ खेलबा६ १४ अंकसहित चेल्सी छैटौं स्थानमा छ ।
प्रतिक्रिया 4