+

माल्दिभ्सविरुद्ध ११ गोल गरेपछि नेपालका प्रशिक्षक भन्छन् : टिम गेम खेल्दा नजिता आयो

२०८१ कात्तिक  ५ गते २०:०८ २०८१ कात्तिक ५ गते २०:०८
माल्दिभ्सविरुद्ध ११ गोल गरेपछि नेपालका प्रशिक्षक भन्छन् : टिम गेम खेल्दा नजिता आयो

५ कात्तिक, काठमाडौं । माल्दिभ्सविरुद्ध ११ गोल गरेको नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टिम गेम खेल्दा सफल भएको प्रतिक्रिया दिएका छन् ।

साफ वुमन च्याम्पियनसिपमा सोमबार भएको जित्नै पर्ने खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन् भने प्रिती राईले ह्याटिक पुरा गरिन् ।

यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल, भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

माल्दिभ्सविरुद्ध शानदार जित हात पारेपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीहरुको प्रशंसा गरे । पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि समीक्षा गरेको भन्दै उनले भने, ‘खेलाडीले व्यक्तिगत खेल्दा गाह्रो हुन्छ, टिममा खेल्ने भनेर खेल्यौं । त्यही अनुसार काम गर्‍यौं र नजिता निस्कियो ।’

जितमा खुसी भएपनि गर्व गर्न नहुने उनले बताए । ‘आज गोल भयो, खुसी हुनुपर्छ । तर माल्दिभ्सजिरुद्ध ११ गोल गर्दा गर्व गर्नुपर्ने कुरा छैन’, उनले अगाडि भने ‘सेमिफाइनलमा पुग्न अर्को खेल श्रीलंकाविरुद्ध जित निकाल्नुपर्छ ।

पाँच गोल गरेकी रेखा पौडेलले पनि टिममेटलाई धन्यवाद दिइन् । ‘उनीहरु जिना स्कोर गर्न सक्दिनथेँ’, आफूले गरेको गोलको श्रेय टिममेटलाई दिएकी उनले भनिन्, आजको नजिताले आउने खेलमा प्रभाव पर्छ । त्यसमा राम्रो गर्नुपर्छ ।’

फुटबल साफ वुमन च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय