+
+

१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १५:१६

९ कात्तिक, काठमाडौं। गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।

दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

भक्तपुर र ललितपुरमा पनि सीडीओ फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ ।

हेर्नुस्, सूची कसको काहँ भयो सरुवा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?