+

आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी

२०८१ कात्तिक  १२ गते ८:४१ २०८१ कात्तिक १२ गते ८:४१
आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी

१२ कात्तिक, काठमाडौं । मोहमद सालाहले खेलको अन्त्यतिर गरेको गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी खेलेको छ ।

आर्सनलले घरेलु मैदानमा दुई पटक अग्रता बनाए पनि लिभरपुलले पुनरागमन गरेको हो ।

एमिरेट्स मैदान बुकायो साकाले खेलको नवौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय रहेन । १८औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले बराबरी गोल फर्काए ।

४३औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनलले पहिलो हाफमा फेरि अग्रता लियो । तर, दोस्रो हाफमा सालाहको गोलले आर्सनललाई जितबाट रोक्यो । लिभरपुलका सालाहले ८१औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि खेलमा थप गोल भएन र दुवै टोलीले एक एक अंक जोडे ।

यो बराबरीले लिभरपुलको शीर्ष स्थानमा उक्लने अवसर गुमेको छ भने म्यानचेष्टर सिटीलाई फाइदा भएको छ । ९ खेलबाट लिभरपुल २२ अंकसहित दोस्रोमै छ । शीर्ष स्थानको सिटीको समान खेलबाट २३ अंक छ ।

९ खेलबाट १८ अंक जोडेको बर्सनल तेस्रो स्थानमा उक्लेको छ ।

लिगकै अन्य खेलमा चेल्सीले न्युकासललाई २-१ ले पराजित गरेको छ । जितपछि चेल्सी ९ खेलबा६ १७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

म्यानचेष्टर युनाइटेड भने वेष्टहम युनाइटेडसँग २-१ ले पराजित भयो । यो नतिजापछि वेष्ट हमले युनाइटेड समान ११ अंक जोडेको छ । गोल अन्तर वेष्टहम अगाडि रहँदै १३औं स्थानमा उक्लेको छ भने म्यानचेष्टर युनाइटेड १४औं स्थानमा झरेको छ ।

यस्तै टोटनहमलाई १-० ले हराएर क्रिस्टल प्यालेसले पनि सिजनको पहिलो जित निकालेको छ । पहिलो जितपछि ९ खेलबाट ६ अंक जोडेर प्यालेसले रेलिगेसन क्षेत्र छाड्दै १७औं स्थानमा उक्लेको छ । समान खेलबा६ १३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।

आर्सनल प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय