+
+

नार्कको समस्या छिट्टै व्यवस्थापन हुन्छ : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १३:०८

१३ कात्तिक, बाँके । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा देखिएको समस्या छिट्टै व्यवस्थापन हुने बताएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको मंगलबार निरीक्षण गर्दै उनले नार्कको समस्या समाधानका लागि काम भइरहेको बताएका हुन् ।

अवलोकनको क्रममा उनले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ-नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे ।

नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्वीकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए ।

मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनुपर्ने बताए ।

खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरेका छन् । मन्त्री अधिकारीले नेपालगञ्न दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?