काठमाडौं । मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन ‘मिस युनिभर्स नेपाल २०२४’ सम्पदा घिमिरे त्यसतर्फ प्रस्थान गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्पदाले देशलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् । तेन्जिन छेतेन भुटियाले गरेको डिजाइनमा उनी आकर्षक देखिएकी थिइन् ।
फिनालेका लागि नेपालको राष्ट्रियता र परम्परा झल्किने नेसनल कस्ट्युम समेत प्रस्तुत गर्नेछिन् । यस वर्षको मिस युनिभर्स नेपालको फिनालेमा सहभागी हुन आएकी वर्तमान सुन्दरी सेनेसिस पालासियोसले नयाँ विजेतालाई ताज पहिराउनेछिन् ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सबैभन्दा उदार मानिने युनिभस युनिभर्समा सहभागी हुन उमेर, तौल, वैवाहिक स्थिति र आफ्नो लैङ्गिक अवस्थाको अवरोध छैन । प्रतियोगितालाई समावेशी तुल्याउन भन्दै सन् २०२३ को संस्करणदेखि मिस युनिभर्सले नयाँ नियम लागू गरेको थियो ।
यस वर्षदेखि नेपालको मिस युनिभर्सको स्वामित्व नयाँ समूहले लिएको थियो । गत वर्ष नेपालको प्रतिनिधित्व जेन दीपिका ग्यारेटले गरेकी थिइन् । प्लस साइज मोडल समेत रहेकी ग्यारेटको चर्चा अन्तर्राष्ट्रिय मिडियाले समेत गरेका थिए ।
मिस अर्थमा सहभागी हुन मिस नेपाल अर्थ सुमना केसी मनिला र मिस इन्टरनेसनलमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल करुणा रावत टोकियोमा छन् ।
प्रतिक्रिया 4