 
																			१५ कात्तिक, काठमाडौं । चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ ।
त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।
म्याद गुज्रेका भाइमसला, प्लास्टिकका फूलमाला र कानुनले आयात तथा प्रयोगमा रोक लगाएका वस्तुहरुको बिक्री वितरण गर्न पनि नपाइने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4