१६ कात्तिक, गुल्मी । गुल्मीमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकिदिएको हो ।
जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ ।
साथै मैनबत्ती र बिजुली प्रयोग गर्दा सावधानी अपनाउन पनि आग्रह गरेको छ । भुईंचम्पा, पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पनि रोक लगाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियकलाप गर्न पनि बन्देज छ । यदि कसैले उल्लिखित नियमहरुको पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4