+

रुबेन एमोरिम बने म्यानचेष्टर युनाइटेडको प्रशिक्षक

२०८१ कात्तिक  १६ गते १८:०० २०८१ कात्तिक १६ गते १८:००
रुबेन एमोरिम बने म्यानचेष्टर युनाइटेडको प्रशिक्षक

१६ कात्तिक, काठमाडौं । म्यानचेष्टर युनाइटेडको मुख्य प्रशिक्षकमा रुबेन एमोरिम नियुक्त भएका छन् ।

हाल पोर्चुगिज क्लब स्पोर्टिङमा रहेका ३९ वर्षीय एमोरम ११ नोभेम्बरमा सोमबार क्लबमा आवद्ध हुनेछन् । साढे २ वर्षको सम्झौता गरेका उनी जुन २०२७ सम्म ओल्ड ट्राफर्डमा रहनेछन् ।

युनाइटेडले साढे २ वर्षदेखि क्लबको मुख्य प्रशिक्षक रहेका इरिक टेन ह्यागलाई चार दिनअघि बर्खास्त गरेको थियो । इरिकको बर्खास्तीपछि युनाइटेडले रुड भान निस्टेलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

अब क्लबको तीन खेलमा उनी नै प्रशिक्षक रहनेछन् । त्यसपछि एमोरिमले जिम्मेवारी सम्हाल्नेछन् । उनको प्रशिक्षणमा युनाइटेडले २४ नोभेम्बरमा इप्सविचसँग खेल्ने छ ।

एमोरिमले पोर्चुगिज क्लब स्पोर्टिङलाई २०२०–२१ को सिजनमा १९ वर्षपछि लिगको उपाधि दिलाएका थिए । २०२३–२४ मा क्लबलाई फेरि उपाधि दिलाए ।

फुटबल म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय