+
+

गौरव नेतृत्वको माओवादीले गठन गर्‍यो जनसत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १७ गते ९:३५

१७ कात्तिक, काठमाडौं । गौरव नेतृत्वमा गठन भएको नेकपा (माओवादी)ले जनसत्ता गठन गरेको छ । पार्टीको दोस्रो विस्तारित बैठकले पाँच कमाण्ड इन्चार्जसहित जनसत्ताको घोषणा गरेको हो ।

सशस्त्र जनविद्रोहको कार्यदिशा बनाएको यो पार्टीका महासचिव गौरवले विज्ञप्ति जारी गर्दै बैठकबाट जनसत्ता इनचार्जमा शेखरलाई नियुक्त गरेको जानकारी गराएका छन् ।

उनका अनुसार पूर्वी कमाण्ड इन्चार्जमा शेखर सिंह, मध्य कमाण्ड इन्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इन्चार्जमा जावेल, पश्चिम कमाण्ड इन्चार्जमा दिपक, सुदूरपश्चिम कमाण्ड इन्चार्जमा दानसिंहलाई जिम्मेवारी तोकिएको छ ।

बैठकले जनवर्गीय मोर्चाहरुको पनि जिम्मेवारी तोकेको छ । जसअन्र्तगत जनस्वाथ्य महासंघमा रमाकान्त, अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुराम, नेपाल मुस्लिम मुक्ति मोर्चामा कलिमुद्धीन, प्रवास विभागमा समर्पण, अनेमसंघमासरस्वती चौधरी र नेपाल आदिवासी जनजाति महांसघमा रमालाई जिम्मेवारी दिइएको छ ।

बैठकले मंसिर ८ लाई जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा मनाउने निर्णयसमेत गरेको महासचिव गौरवले जानकारी दिए । यस्तै, देशव्यापी रुपमा मेडिकल, शैक्षिक, मेनपावर माफियाका साथै भ्रष्टाचारवरिुद्ध कारबाही गर्ने पार्टीले जनाएको छ ।

यो पार्टी भूमिगत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?