काठमाडौं । यतिबेला टोकियोमा यसवर्षको मिस इन्टरनेसनल प्रतिस्पर्धा चलिरहेको छ । यो संस्करणमा मिस नेपाल इन्टरनेसनल २०२४ करुणा रावतले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् ।
यसवर्ष नेसनल कस्ट्युम परेड पनि आयोजना गरिएको छ जहाँ सबै प्रतिस्पर्धीले आफ्नो मुलुकको संस्कृतिक र वैभव झल्काउने नेसनल कस्ट्युम प्रस्तुत गरेका छन् ।
हिमाल, पहाड र तराई भूभागमा बसोबास गर्ने जातजाति, त्यहाँको संस्कृतिक, त्यहाँ पाइने वनस्पति, जीवजन्तुका रङ र तत्वलाई झल्काउने ढंगले नेपालको नेसनल कस्ट्युम तयार पारिएको द हिडन ट्रेजरले जनाएको छ ।
‘हिमालले हिमालय क्षेत्र, धान बाली र मिथिला कलाले समतल भूमिको प्रतिनिधित्व गर्दछ । नेपाल विविधतामा सद्भावको प्रतिक हो’ हिडन ट्रेजरले भनेको छ, ‘हाम्रो राष्ट्रिय पोशाक अष्टमंगला, शुभ भाग्यको आठ प्रतीक वा आठ शुभ प्रतीकहरूले सजिएको छ ।’
‘यी आठ प्रतीक तिब्बती बौद्ध धर्ममा सबैभन्दा लोकप्रिय छन् । भाग्य र शुभकामनाको प्रतीक पनि हुन् किनभने हाम्रो प्रतिनिधि करुणाले हाम्रो देशको झण्डा फहराउन तयार छिन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा सजाउँदैछिन्’ हिडन ट्रेजरले भनेको छ ।
यी सबै कुरा समेटिएको नेसनल कस्ट्युम राष्ट्रिय पोशाक परेडमा पोस्टकार्ड कलाको रुपमा प्रस्तुत गरिएको छ । यो पोशाकको अवधारणा एमपी प्रोडक्सनले तयार पारेको हो । मिस इन्टरनेसनल २०२४ को ग्राण्ड फिनाले कात्तिक २७ गते आयोजना हुँदैछ ।
प्रतिक्रिया 4