+
+

गाजामा इजरायली बमबारीबाट ३५ प्यालेस्टिनीको मृत्यु, कैयौं भग्नावशेषमा पुरिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते २२:३३

२० कात्तिक, गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा ३५ प्यालेस्टिनीको मृत्यु भएको समाचार संस्था रोयटर्सले लेखेको छ ।

प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका र करिब दुई सय ५० जनालाई बन्धक बनाइएका थिए ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४३ हजार तीन सय ९१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार एक विज्ञप्तिमार्फत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?