गर्भ निरोधकका कयौं विधि वा साधन उपलब्ध छन् ।
बच्चा तत्काल जन्माउने योजना नभएका अधिकांश दम्पती कण्डम, डायफ्राम, गर्भनिरोधक चक्की, कपर्टि, नरपालान्टजस्ता अनिश्चित गर्भ रोक्ने अस्थायी साधनबारे जानकार छन् ।
यी साधन बाहेक गर्भ निरोधक सुई पनि प्रभावकारी छ भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ । कतिपय थाहा भएर पनि सुई लगाउन झन्झट मान्छन्।
यद्यपि, महिलाहरु सुई लगाउन डराउँछन् । कनकी धेरैलाई लाग्छ, अन्य साधन जस्तो सुई सुरक्षित छैन ।
कस्तो हो गर्भ निरोधक सुई ? कसरी काम गर्छ ?
गर्भ निरोधक सुईले शारीरिक सम्पर्क भए पनि गर्भधारण हुने सम्भावनालाई रोक्छ । गर्भ रहन महिलाबाट महिनाको एक पटक अण्डा निस्कन पर्ने हुन्छ ।
यस्तोमा यो सुईले अण्डाशयबाट हरेक महिना अण्डा निस्कनबाट रोक्छ। यसले पाठेघरको वरिपरिको तरल पदार्थलाई पनि गाढा बनाउनुको साथै शुक्राणुलाई रोक्न मद्दत गर्छ ।
यसरी अण्डा निषेचित हुन पाउँदैन। र, गर्भ बस्ने जोखिम रहँदैन ।
गर्भ निरोधक सुईको प्रभावकारिता
गर्भ निरोधक सुईमा ९९ प्रतिशत भन्दा बढी गर्भावस्था रोक्न प्रभावकारी हुन्छ । यसको प्रभाव १२ देखि १६ हप्ता सम्म रहन्छ।
त्यसपछि चिकित्सकको सल्लाह अनुसार अर्को डोज लिन सकिन्छ । यदि सुई लगाउन ढिलो भयो भने, यसको प्रभावकारिता कम हुन्छ।
तसर्थ, उपयुक्त समयमा पुनः सुई लगाउन पर्ने बारे हेक्का राख्न आवश्यक छ ।
फाइदा
—यो जन्म नियन्त्रणको दीर्घकालीन प्रविधि हो।
—यो हरेक १२ हप्तामा एक पटक लिन आवश्यक छ।
—यसले हरेक दिन चक्की खानु जस्तो झन्झटिलो हुँदैन ।
—सही रूपमा प्रयोग गर्दा ९९ प्रतिशत भन्दा बढीको सफलता दिन्छ ।
—यसले यौन क्रियाकलापमा कुनै बाधा उत्पन्न गर्दैन। खोपको सुरुवाती मात्रा पछि गर्भावस्था विरुद्ध तत्काल सुरक्षा प्रदान गर्छ । यसले महिनावारीको दुखाइ र महिनावारीको भारी रक्तस्रावलाई पनि कम गर्न मद्दत गर्छ।
केही बेफाइदा पनि
गर्भ निरोधक सुईका पनि केही बेफाइदा हुन्छन्। साइड इफेक्टहरू जस्तै, टाउको दुखाइ, मुड स्विंग, वजन बढ्ने, र अनियमित रक्तस्राव केही महिलामा देखिन सक्छ ।
कुनै पनि साइड इफेक्टको प्रतिरोध गर्ने कुनै तुरुन्तै उपाय छैन। किनकि खोपको प्रभाव तीन महिनासम्म रहन्छ।
के गर्भधारणमा अवरोध आउन सक्छ ?
खोप बन्द गरेपछि प्रजनन क्षमता तुरुन्तै फर्कन सक्दैन । तर, लगाउन छोडेको एक वर्ष पछि गर्भवती हुन सकिन्छ ।
यो खोपले यौन प्रसारित रोग विरुद्ध सुरक्षा प्रदान नगर्ने भएकोले कन्डम वा अन्य प्रकारको थप सुरक्षा आवश्यक पर्न सक्छ।
समग्रमा भन्नुपर्दा गर्भ निरोधक सुई धेरै प्रभावकारी विधि हो । तर पनि यो प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु आवश्यक छ ।
गर्भ निरोधक सुई कसरी प्रयोग गर्ने ?
गर्भ निरोधक सुई सधैँ चिकित्सकको निगरानीमा लगाउनुपर्छ। चिकित्सक वा नर्सले हात वा नितम्बको मांसपेशीको तन्तुमा डिपो इन्जेक्सन लगाउँछन् ।
प्रतिक्रिया 4