२२ कात्तिक, काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो ।
नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।
ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् ।
कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।
 
                    










 २०८१ कात्तिक  २२ गते १३:१४
                        २०८१ कात्तिक  २२ गते १३:१४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4