+

कीर्तिमानी धावक सुनमायाको स्वागत

२०८१ कात्तिक  २२ गते १९:४३ २०८१ कात्तिक २२ गते १९:४३
कीर्तिमानी धावक सुनमायाको स्वागत

२२ कात्तिक, काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितेकी धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेको महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीले सुनमायालाई स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

सुनमायाले अक्टोबर १९ तारिखमा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन् । ६० किलोमिटर दूरीको रेस सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ तारिखमा भएको साइगु १०० केमा जितिन् । सुनमायाले निर्धारित १ सय ५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जनाएकी छन् ।

दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् । बाँकी ७ रेसमध्ये सुनमाया ३ मा पहिलो तथा १ मा तेस्रो स्थानमा रहिन् ।

अध्यक्ष कुँवरले सुनमायाको सफलता र साहसको प्रशंसा गर्दै चाँडै नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खेलकुद सुनमाया बुढा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय