+

यू-१९ एसिया कपमा नेपालको पहिलो खेल श्रीलंकासँग

२०८१ कात्तिक  २४ गते १२:३३ २०८१ कात्तिक २४ गते १२:३३
यू-१९ एसिया कपमा नेपालको पहिलो खेल श्रीलंकासँग

२४ कात्तिक, काठमाडौं । एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर ९ मा श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ए मा छन् ।

नेपालले डिसेम्बर १ मा बंगलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।

एसियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको ३ गरी कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने यू-१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ ।

एसीसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय