काठमाडौं । रक्त क्यान्सरबाट पीडित लोकगायक बलवीर थापा दिल्लीमा उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको छ । यस्तोमा उनले उपचारमा सहयोगका लागि अपील गरेका छन् । उपचारका लागि तत्काल रकम आवश्यक भएको र उपचार महंगो भएको उनको भनाइ छ ।
थापाको उपचारमा सघाउन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि थापाको रकम संकलन थालेको छ । अध्यक्ष रीता थापा मगरले सहयोग रकम संकलन कार्य सुरु भएको बताइन् ।
अध्यक्ष थापाले बलवीर राम्रो कलाकार भएको र आफूहरु उनका गीत सुन्दै हुर्किएको स्मरण गरिन् । तनहुँ घर भएका थापाले चर्चित कलाकारसँग सांगीतिक सहकार्य गरेका छन् । उनले विष्णु माझीसँग गाएको ‘तिमी बिना एक्लै भाछु म’, बीमाकुमारी दुरासँग ‘मायाको भिकारी’, दुरासँग ‘चिठ्ठी फिर्ता लेऊ’, लक्ष्मी न्यौपानेसँगको ‘लाज मानेर’ लगायत गीत चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4