
काठमाडौं । सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा सार्वजनिक गरेको ‘लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयूभी’ डेलिभरी सुरु गरेको छ। नेपाली ग्राहकले अब लामो प्रतीक्षापछि यो प्रिमियम एसयूभीको अनुभव लिन सक्नेछन्।
सांग्रिला मोटर्सले आफ्ना ग्राहकको सन्तुष्टि ध्यानमा राख्दै डेलिभरी प्रक्रिया छिटो, सहज र व्यवस्थित बनाउन ध्यान दिएको जनाएको छ।
लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारी समेटेर डिजाइन गरिएको लिपमोटर सी१० एसयूभीले विद्युतीय सवारीसाधनमा नयाँ अध्याय सुरुवात गरेको कम्पनीको भनाइ छ ।
लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ । गाडीमा १ सय ६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ ।
यसका साथै अत्याधुनिक सुरक्षा सुविधाले यो गाडीलाई थप सुरक्षित बनाएको छ । यो प्रिमियम गाडीमा भएको स्पेस, एडभान्स इन्टेरियर र स्मार्ट प्रविधिले आराम, स्टाइल र सुविधालाई नयाँ स्तरमा पुर्याएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4