 
																			२८ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।
राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4