+
+

सर्लाहीको वरहथवाबाट ११ किलो गाँजासहित र्दुइजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते ११:२१
फाइल फोटो ।

२९ कात्तिक, जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् ।

दुबैजनालाई प्रहरीले बरहथवा नगरपालिका १६ गंगापुर स्थित बागमती नहरबाट बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ गरेको हो । कालो झोलामा दुई पोकामा अन्दाजी ११ किलो गाँजासहित नियन्त्रणमा लिएर सर्लाही अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?