+
+

नलगाडको उपमेयरमा ४ जनाको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १६:१७

२ मंसिर, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् ।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार दिउँसोसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताको समय अपरान्ह ५ बजेसम्म तोकिएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत १७ कात्तिक २०८० मा गएको भूकम्पमा परी मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?