+
+

कृषि विकास रणनीतिको परिमार्जन आवश्यक : मन्त्री अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १५:१८

६ मंसिर , काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकूल परिमार्जन गरिनुपर्ने मन्त्री अधिकारीको भनाइ छ।

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायमा ल्याउन सक्नेगरी रणनीति आवश्यक रहेको जिकिर गरे।

‘संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन्,’ मन्त्री अधिकारीले भने ।

कृषि क्षेत्रमा बजेट धेरै देखिएपनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि थप बजेटको आवश्यक रहेको मन्त्री अधिकारीले बताए ।

‘२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरूबीच छलफल गरेर सुझाव लिएको छ,’ उनले भने ।

जसका लागि पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?