+
+

मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १३:०२

७ मंसिर, काठमाडौं । वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो ।

बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?