+

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन : फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

२०८१ मंसिर  १० गते १८:०१ २०८१ मंसिर १० गते १८:०१
कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन : फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।

बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे ।

‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो । यसमा सबैलै समीक्षा गरौं,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गरौं ।’

मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचार लगायतका सुविधामा कम भार पर्ने गरी काम गरिएको बताए ।

‘पपुलिष्ट बन्न काम गरेका होइनौं’
मन्त्री पौडेलले राज्यलाई कम भार पर्ने गरी स्रोत निश्चित भएका निर्णय मात्रै गरिएको पनि बताए । ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं,’ उनले अगाडी थपे, ‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं ।’

मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे । ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’

त्यसैगरी तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरुको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरे ।

मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन नै दिएका छन् । ‘अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन,’ उनले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘ सरकारी कामको यो रवैया हुनु भएन ।’

मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएको कुराले केही सुधार भैरहेको संकेत गरेको पनि बताए ।

स्वास्थ्यमन्त्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

कहिल्यै चुरोट नपिउनेलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

कहिल्यै चुरोट नपिउनेलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

अकुपन्चर के हो ? कसरी काम गर्छ ?

अकुपन्चर के हो ? कसरी काम गर्छ ?

अकुपन्चरले विना औषधि कैयौँ रोग निको पार्छ

अकुपन्चरले विना औषधि कैयौँ रोग निको पार्छ

गर्भावस्थामा अचानक रक्तचाप बढे के हुन्छ ?

गर्भावस्थामा अचानक रक्तचाप बढे के हुन्छ ?

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?