+
+

यी हुन् हेर्नैपर्ने एआईमा आधारित ५ उत्कृष्ट फिल्म

एजेन्सी एजेन्सी
२०८१ मंसिर ११ गते १०:०५

आर्टिफिसियल इन्टेलिजेन्स समकालीन विश्वको सर्वाधिक चासो र चर्चाको विषयको रुपमा रहेको छ । एआई अहिले कला, साहित्य, संगीतदेखि चलचित्रसम्मका लागि प्रमुख विषय बन्न थालेको छ । यदि तपाईं पनि एआईमा आधारित उत्कृष्ट विज्ञान आख्यान चलचित्रका बारेमा थाहा पाउन चाहनुहुन्छ भने यो सामाग्री पढ्नुहोस् । यी ५ चलचित्र एआईका विषयमा बनेका सायद हालसम्मकै उत्कृष्ट चलचित्र हुन् :

१. Her (2013) : सन् २०१३ मा रिलिज भएको यो फिल्मले एउटा यस्तो संसारलाई दर्शाउँछ जहाँ एआई प्रविधि मानिसको भावनात्मक जीवनमा घुलमिल हुन्छ । यसमा एकजना एक्लो व्यक्ति थियोडोरको कथा छ । उनी एउटा एआई अपरेटिंग सिस्टम सामन्थासँग प्रेममा परेका हुन्छन् ।

२. Ex Machina (2015) : यो मनोवैज्ञानिक थ्रिलर फिल्म एकजना प्रतिभाशाली प्रोग्रामर क्यालिबको कहानी हो । उनलाई एउटा अत्याधुनिक एआई रोबोट एवाको परीक्षण गर्नका लागि बोलाइएको हुन्छ । एवाको इमोसन तथा इन्टेलिजेन्स उनलाई यतिधेरै वास्तविक हुन्छ कि उसले मानिस र एआईबीचको रेखालाई कतिसम्म पातलो बनाउन सकिन्छ ? भनेर प्रश्न गर्दछ।

३.  The Matrix (1999)  : यो क्लासिक फिल्मले एआईद्वारा सञ्चालित एक भर्चुअल संसारलाई देखाउँछ जसमा मानिस भ्रमित वास्तविकतामा कैद हुन्छ। नियो नामक एकजना ह्याकरले आफ्नो दुनियाँ एउटा सिमुलेसनको रुपमा रहेको कुरा थाहा पाउँछ र मानिसलाई एआईको दासताबाट मुक्त गराउने प्रयास गर्दछ।

४. A.I. (2001): यो फिल्मले भविष्यको कहानी बताउँछ जहाँ एआई रोबोटले मानिसले जस्तै भावनाहरु बुझ्ने क्षमता राख्दछ । यो फिल्ममा मुख्य पात्रको रुपमा डेभिड नामक एआई पात्र छ । उसले आफु आफ्नो मानव आमाको प्रेमको लागि योग्य भए नभएको जान्ने कोसिस गर्दछ ।

५. Blade Runner 2049 (2017) : यो फिल्मले मानिस र रोबोटबीचको सीमाको कुरा गर्दछ । यसमा के नामक ब्लेड धावकलाई देखाएको छ जसले मानिसले जस्तै सोच्ने तथा महसुस गर्नसकने रोबोटको खोजी गर्दछ ।

माथि उल्लेखित पिःल्मका अतिरिक्त Bicentennial Man, Terminator 2: Judgment Day, Ghost in the Shell पनि आर्टिफिसियल इन्टेलिजेन्सको बारेका उत्कृष्ट साइन्स फिक्सन फिल्म हुन् ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?