+
+

फुटपाथ व्यापार र पार्किङ व्यवस्थापनका लागि ललितपुर महानगरको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १२:२५

११ मंसिर, काठमाडौं । लितपुर तयारी पोशाक व्यापार संघले व्यवस्थित फुटपाथ व्यापार र उचित पार्किङको व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, घरबहाल कर धनीले तिर्नुपर्ने, उचित पार्किङको व्यवस्थापन हुनुपर्ने, व्यवस्थित फुटपाथ व्यापार व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर संघले महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई ध्यनाकर्षणसहित ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय भएको संघले जानकारी गराएको छ ।

ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ व्यवसाय मौलाएको हुँदा सटर भाडा तिरेर सञ्चालनमा आएका व्यवसायीहरू मर्कामा परेको संघको जिकिर छ ।

पछिल्लो समय पुल्चोकदेखि ग्वार्कोसम्मको सडकमा मोटरसाइकल पार्किङ गन नपाउँदा व्यापारीहरू मारमा परेको उल्लेख गर्दै संघले यथाशिघ्र चाँडो समस्या समाधान गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।

महानगरपालिकाले आफ्ना मागहरू बेवास्ता गरे सबै व्यवसायीहरूले पसलको साँचो महानगरलाई बुझाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?