+
+

त्रिमूर्ति निकेतनले ३ जना लेखकलाई पुरस्कृत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते २०:१५

११ मंसिर, काठमाडौं । त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको क्षेत्रमा योगदान दिएको भन्‍दै तीन जनालाई पुरस्कृत गर्ने भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

बैठकले शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गरेको भन्‍दै रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

साथै नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको क्षेत्रमा योगदान गर्ने प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको निकेतनले जनाएको छ ।

यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ६ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको छ ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?