+

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

२०८१ मंसिर  १२ गते १६:२२ २०८१ मंसिर १२ गते १६:२२
यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

‘ट्राइकोमोनियासिस’ यौनजन्य रोग हो । जथाभावी र असुरक्षित यौन सम्बन्ध राख्नेहरुमा यो रोगको जोखिम हुनसक्छ । यसको कारण ‘ट्राइकोमोनस भेजिनेलिस’ परजीवीको सङ्क्रमण हो, जसलाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ ।

महिला र पुरुष दुवैमा देखिने ‘ट्राइकोमोनियासिस’को संक्रमण र लक्षण बढी महिलामै देखिन्छ । यता पुरुषमा भने यसको लक्षण नदिन पनि सक्छ । ट्राइकोमोनियासिसको समयमै पहिचान र उपचार हुन सकेन भने यो रोगले एचआईभी सहित अन्य यौन रोगको जोखिम बढाउन सक्छ ।

पहिचान र उपचार समयमै हुन नसकेर वर्षेनी लाखौं मानिसले ज्यान गुमाउँछन् ।

कसरी लाग्छ ?

यो रोग ट्राइकोमोनियासिसबाट सङ्क्रमित भएको व्यक्तिसँग असुरक्षित यौन सम्बन्ध राख्दा यो संक्रमण लाग्न सक्छ । महिलामा यो सङ्क्रमण योनी हुँदै पाठेघरसम्म पुग्न सक्छ ।

त्यस्तै, पुरुषमा लिङ्ग हुँदै प्रोस्टेट र मूत्रथैलीमा समेत पुग्न सक्छ । कुनै लक्षण नदेखिए पनि सङ्क्रमितबाट यौन खेलौनाको प्रयोग, मुख मैथुन र असुरक्षित यौन सम्बन्धबाट अर्को व्यक्तिलाई सार्न सक्छन् । एकभन्दा बढी यौन साथी बनाउँदा र अन्य यौन प्रसारित रोग भएमा पनि यो रोगको जोखिम रहन्छ ।

लक्षण

धेरैजसोमा ट्राइकोमोनियासिस सङ्क्रमण भएकाहरूमा लक्षण नै देखिंदैन । र, पहिचान छिटो हुन पाउँदैन । महिलाको तुलनामा पुरुषहरूले प्रायः कुनै लक्षण हुँदैन । यदि महिलामा सङ्क्रमण भएमा सम्बन्धित लक्षणहरू एक हप्ताभित्र देखा पर्छन् ।

महिलामा देखिने लक्षण

– योनीबाट कडा गन्ध आउनु

– योनीबाट पहेंलो-हरियो वा सेतो दूधजस्तो पानी बग्नु

– पिसाब गर्दा दुखाइ र असहज महसुस हुनु

– यौन सम्बन्ध राख्दा पीडा हुनु

– योनी चिलाउनु र यसको क्षेत्र सुन्निनु

पुरुषमा देखिने लक्षण

– लिङ्गको टुप्पो वा मूत्रद्वार वरपर चिलाउनु

– यौन सम्पर्क गर्दा र वीर्य झर्दा दुख्नु

– पिसाब गर्दा दुख्नु

ट्राइकोमोनियासिसमा देखिने यस्ता लक्षण आफैं ठीक हुँदैनन् । यो समस्या भए तुरुन्त परीक्षण गराउने र आफ्नो यौन साथीलाई पनि खुलेर भन्न सकिन्छ ।

पहिचान

महिलामा योनीस्राव र पिसाबको नमुना लिन सकिन्छ । योनीस्रावको नमुना लिई माइक्रोस्कोपिक जाँच, कल्चर र डीएनए परीक्षणबाट पनि पत्ता लाग्छ । नियमित पाठेघरको मुखको परीक्षण गर्दा पनि यो रोगको पहिचान हुनसक्छ ।

पुरुषमा मूत्रनलीबाट तरल पदार्थको नमुना लिइन्छ ।

उपचार

यो सङ्क्रमणको पत्ता लागेमा खाने औषधिले पनि निको पार्छ । औषधिमा ‘मेट्रोनिडाजोल’ वा ‘टिनिडाजोल एन्टीमाइक्रोबियल’ लिन सकिन्छ, जुन चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ । यी औषधिले संक्रमणलाई रोक्न सक्छ ।

उपचार पूरा नभएसम्म यौन सम्बन्ध नबनाउनु उपयुक्त हुन्छ । गर्नै परे कण्डमको प्रयोग गर्नुपर्छ । उपचार नभएमा यो समस्या वषौंसम्म रहन सक्छ ।

उपचार नभएमा

समयमा उपचार भएन भने यसले अन्य यौनजन्य रोगको जोखिम निम्त्याउन सक्छ । गर्भावस्थामा यो समस्या भएमा दिइएको प्रसव मिति अगावै सन्तान जन्मिने, कम तौलको हुने र बच्चामा पनि यसको सङ्क्रमण हुने सम्भावना हुन्छ ।

त्यस्तै, उपचार नभएमा योनाङ्गबाट गन्हाउने खालको तरल पदार्थ बग्ने, सुन्निने र रातोपन भइराख्ने हुनसक्छ ।

कसरी बच्ने ?

– यौन सम्बन्ध राख्दा अनिवार्य कण्डमको प्रयोग गर्ने

– असामान्य स्राव, घाउ र पिसाब गर्दा दुखाइ भएमा यौनजन्य रोगको परीक्षण गराउने

– वर्षमा एकपटक पाठेघरको लागि जाँच गराउँदा यौनजन्य रोगको पनि परीक्षण गराउने ।

ट्रीच प्रा. डा. सविना भट्टराई यौनरोग

धेरै कमेन्ट गरिएका

प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?