+

रक्तचाप नाप्न कुन उपकरण सही ?

२०८१ मंसिर  १२ गते १२:५६ २०८१ मंसिर १२ गते १२:५६
रक्तचाप नाप्न कुन उपकरण सही ?

कुनै स्वास्थ्य समस्या भए चिकित्सकले सुरुमा रक्तचाप परीक्षण गर्छन् । किनकि रक्तचापको अवस्थाले पनि स्वास्थ्य अवस्था कस्तो छ भनेर मार्ग दिशा दिन्छ । रक्तचाप उच्च र निम्न दुवै स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिंदैन ।

पहिले रक्तचापको स्तर थाहा पाउन अस्पताल नै जानुपर्ने अवस्था थियो । तर आधुनिक प्रविधिले फड्को मारेसँगै अहिले घरमै पनि सहजै नाप्न मिल्ने रक्तचाप मोनिटरहरु उपलब्ध भइसकेको छ ।

रक्तचाप नाप्ने उपकरण

रक्तचाप तीन तरिकाले जाँच्न सकिन्छ- मर्करी, एनालग र डिजिटल । यसमध्ये पुरानो प्रविधि मर्करी उपकरण आजभोलि खासै प्रयोगमा छैन । एनालग उपकरण अस्पताल र क्लिनिकमा रक्तचाप परीक्षणका लागि प्रयोग गरिन्छ भने डिजिटल स्फिग्मोम्यानोमिटर घरमा व्यक्ति स्वयंले पनि प्रयोग गर्न सक्छन् ।

एनालग मोनिटर

एनालग मोनिटरलाई मान्युअल ब्लड प्रेसर मोनिटर पनि भनिन्छ । यो उपकरण बायाँ हातको पाखुरामा बेल्टजस्तो केहीबेर राखेर हेरेपछि रक्तचापको स्तर कति छ पत्ता लाग्छ । यो मोनिटरले चिकित्सकले मात्र नभई उपकरणबारे जानकार जो कोहीले नाप्न सक्छन् ।

एनालग मोनिटरले कसरी काम गर्छ ?

एनालग मोनिटरमा ब्लड प्रेसर (कफ) पाखुरामा बाँधेपछि त्यसमै जोडिएको रबरको बल हुन्छ । त्यसमा थिच्दै कानबाट स्टेथोस्कोपले धमिनीमा बढेको धड्कनको अवस्था सुन्दै घडी जस्तो उपकरणमार्फत शरीरको रक्तचापको अवस्था थाहा पाउन सकिन्छ ।

डिजिटल (स्फिग्मोम्यानोमिटर) मोनिटर

सहजै बोक्न सक्ने डिजिटल मोनिटर घरमै पनि राख्न सकिन्छ । जतिबेला पनि यो मेसिनबाट रक्तचापको स्तर पत्ता लाग्छ । चलाउन सहज होस् भन्ने हिसाबले बजारमा आएको हुँदा दिमाग बढी लगाउन नपर्ने र जुनसुकै उमेरकाले पनि सहजै नाप्न मिल्ने मोनिटर हो ।

रक्तचापको समस्या भएकाले, म्यानुअल चलाउन नजान्ने, अस्पतालको पहुँच नभएको अवस्थामा घरमै राख्ने सल्लाह दिइन्छ ।

डिजिटल मोनिटरले कसरी रक्तचाप नाप गर्छ ?

डिजिटल मोनिटर उपकरणले धड्कनको कफ आफैं फुलाउने र धड्कनको अवस्थालाई मध्यनजर गरी डिजिटल स्क्रिनमा अटोमेटिक स्टाटस देखाउँछ ।

कुन हातमा मापन गर्ने ?

रक्तचापको नाप लिंदा दुवै हातमध्ये एकमा लिन सकिन्छ । राम्रो नतिजाका लागि कम चल्ने हातको पाखुरामा राखेर मापन गर्नु उपयुक्त हुन्छ ।

प्राय:को बायाँ हात कम चल्छ । त्यसैले बायाँ हातमा लिनु ठीक हुन्छ । बायाँ बढी चल्नेको दायाँ हातमा लिंदा परिनाम सही आउँछ ।

कति हुनुपर्छ रक्तचाप ?

रक्तचाप मापन गर्दा १२०/८० एमएमएचजी आएमा सामान्य स्तर भएको बुझिन्छ । यो स्वस्थ रहेको सूचक पनि हो । त्यस्तै, १२०/८० एमएमएचजी भन्दा तल आएमा रक्तचाप न्यून भएको मानिन्छ । मापन नतिजा १३०/८० एमएमएचजी आएमा उच्च रक्तचाप भएको जनाउँछ ।

चल्तीमा रहेका यी उपकरणमध्ये कुन बढी भरपर्दो ?

वास्तविक नतिजा देखाउने भनेको म्यानुअल मेसिनले नै हो । त्यसकारण डिजिटलभन्दा यही मेसिनको प्रयोग गर्नु उत्तम हुन्छ । एक त यो उपकरणले सही नतिजा दिन्छ । अर्को भनेको दक्ष व्यक्तिले आएको नतिजा सहित बढेमा वा घटेमा के गर्ने सल्लाह समेत दिनसक्छ ।

जहाँसम्म डिजिटल ब्लड प्रेसर नाप्ने उपकरणको कुरा छ । कहिलेकाहीं यो उपकरणले देखाएको नतिजा २० प्रतिशत तलमाथि हुनसक्छ । त्यसैले सकेसम्म जाँच गर्न सक्ने नजिकै कोही छ भने म्यानुअल नै गराउँदा उपयुक्त हुन्छ । यस्तो भन्दैमा डिजिटल नराम्रो वा काम नै नलाग्ने, यसले नाप्नै हुँदैन भन्ने होइन । डिजिटल मेसिन व्यक्तिगत रुपमा प्रयोग गर्न उत्तम हुन्छ ।

यदि घरमा कोही उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल मात्रा बढेका, मुटुरोग र हृदयघातका बिरामी छन् भने उनीहरुका लागि उपयोगी र लाभदायक हुन्छ । तर अस्पतालको पहुँच नजिकै भएको वा साह्रै कठिन भएको अवस्थामा स्वास्थ्यकर्मीबाट मेन्युअलबाट परीक्षण गराउनु राम्रो हुन्छ ।

बीपी मेसिन भरपर्दो भएर मात्र हुँदैन, तरिका जान्नुपर्छ

बीपी मेसिनमा मात्र भर परेर पनि हुँदैन । यो परीक्षणको वास्तविक नतिजाका लागि मानिस आराम मुद्रामा भएको हुनुपर्छ । आधा घण्टाबाट केही खान हुँदैन । बसेको आसनमा बसेर बायाँ हात मुटुको स्तरमा राखेको मुद्रामा लिनुपर्छ ।

पाखुरामा बाँधेको कफ धेरै खुकुलो र धेरै कसिलो हुनु हुँदैन । कफभित्र दुईवटा औंला पस्ने गरी बाँध्नुपर्छ । सो कफ धेरै सानो र ठूलो नभई ठिक्कको हुनुपर्छ ।

धेरै ठूलो भएमा चाप औसतमा भएको भन्दा कम देखाउँछ । सानो भएमा हुनुपर्ने भन्दा बढी देखाउँछ । कफ बाँधेपछि पम्प गर्ने र सो क्रममा कफको टयुब झुकेको हुनुपर्छ । यी कुरामा ध्यान दिएमा बल्ल वास्तविक परिमाण आउँछ ।

त्यस्तै,  डिजिटलमा भने पहिलोपटकमा नै रक्तचाप मापन सही मान्न नहुने वा केही प्रतिशत घटबढ हुन्छ । डिजिटलबाट सही मापन देखाउन तीन मिनेटको अन्तरालमा तीनपटकसम्म नाप्नुपर्ने हुन्छ । यदि तीनपटक जाँच गर्दा रक्तचाप कम देखाए कम, बढी देखाए बढी भनेर बुझ्नुपर्छ ।

मापनको समय के गर्ने ?

रक्तचाप परीक्षण गर्नुअघि पाँच मिनेट शान्तसँग बस्नुपर्छ । कुराकानी नगरी प्रेसर शरीर सिधा भएर बस्नुपर्छ । बीपी कफले रक्तचाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनुपर्छ ।

रक्तचाप जाँच्दा के नगर्ने ?

– हतारमा क्लिनिक वा अस्पताल पुग्नेबित्तिकै रक्तचाप जाँच गराउनु हुँदैन ।

– हिंडडुल, दौडिएको वा व्यायाम गर्ने बित्तिकै तुरुन्त रक्तचाप परीक्षण गर्नुहुँदैन ।

– चिकित्सकले रक्तचाप नापिरहेको बेला कुराकानी गर्नु हुँदैन ।

– रक्तचाप नाप्दा निहुरिएर वा उत्तानो परेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ ।

– पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन ।

– सकेसम्म खुट्टाले जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।

– लुगाबाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बीपी कफ)लाई बाध्नु हुँदैन । यी कुरा गरेमा रक्तचापको सही मापन देखाउँदैन ।

मूल्य कति ?

मेन्युअल र डिजिटल मेसिनको ब्राण्ड र गुणस्तर अनुसार बजार मूल्य फरक-फरक पर्न जान्छ । मेन्युअल मेसिनको ५०० देखि ५० हजार रुपैयाँसम्म पर्न सक्छ । त्यस्तै, घरमा प्रयोग गर्नेका लागि डिजिटल मेसिनको मूल्य २५ सयदेखि १५ हजार रुपैयाँसम्मका उपकरण प्रयोग हुन्छ ।

ब्लड प्रेसर नाप्ने मेसिन ब्याट्री राख्ने र चार्ज गर्ने मिल्ने दुवै खालका हुन्छन् ।

डा. अमित गौली रक्तचाप
डा. अमित गौली
लेखक
डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११३६२ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तचाप नाप्न कुन उपकरण सही ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?