 
																			१२ मंसिर,काठमाडौं। युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् ।
लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै ‘विजय’ उत्सव समेत मनाएका छन् ।
पछिल्लो समयमा इजरायलले दिनहु जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरु एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ।
विस्थापितहरु आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।
स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ। दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो।
‘युद्धविराम लागू भएपछि आफुहरु घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताएका छन् । बुधबार देखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।
केही बासिन्दाहरू तुरुन्तै युद्ध, जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ ।
यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्वीरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4